तुलसीपुर उप-महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शिक्षा, युवा तथा खेलकुद महाशाखा

तुलसीपुर, दाङ, लुम्बिनी प्रदेश

सूचना प्रकाशन मिति : २०८३/०२/११

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

तुलसीपुर उपमहानगरपालिका नगर शिक्षा समितिको मिति २०८३।०२।०४ गतेको निर्णायनुसार एवम् संस्थागत विद्यालय छात्रवृति वितरण तथा अनुगमन कार्यविधि २०७५ बमोजिम तुलसीपुर उपमहानगरपालिका अन्तर्गत माध्यमिक तह (कक्षा ११-१२) सञ्चालन भएका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न विद्यार्थी छनोट प्रयोजनार्थ सञ्चालन हुने परीक्षाका लागि मिति २०८२ साल चैत्रमा सञ्चालित SEE परीक्षामा सहभागी भई ग्रेडेड भएका इच्छुक विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (मिति २०८३ जेठ ११ गते बिहान १०:०० बजेदेखि मिति २०८३ जेठ २५ गते राति ११:५९बजेसम्म) उपमहानगरपालिकाको वेबसाइट tulsipurmun.gov.np वा scholarship.tulsipurmun.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न सूचना आह्वान गरिएको छ ।

१.छात्रवृत्ति परीक्षा सञ्चालन हुने कार्यक्रमहरुको विवरण :
  • छात्रवृत्तिका लागि मनोनयन हुने विद्यालय तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका कक्षा ११/१२ सञ्चालित संस्थागत विद्यालयहरू
  • विषय : Education /Science/Management/ Law
  • कुनै एक विषयमा मात्र फाराम भर्न सकिनेछ ।
  • प्रवेश पत्र प्रिन्ट गर्न सकिने २०८३ जेठ २९ गतेपश्चात अनलाइन सफ्टवेयरबाट प्रिन्ट गर्न सकिनेछ।
  • परीक्षा केन्द्र र समय : परीक्षा केन्द्र, मिति र समय पछि प्रकाशन हुनेछ ।
  • आवेदन दस्तुर : निःशुल्क
  • विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिनेछ ।
२.छात्रवृत्ति परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क सम्बन्धी व्यवस्था :
  • माध्यमिक तह कक्षा १० को अनिवार्य विषयहरु (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक (सामान्य ज्ञानसहित) को पाठ्यक्रममा आधारित १०/१० अङ्क गरी जम्मा ५० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरु जसमा प्रत्येक प्रश्नको अङ्कभार २ रहनेछ ।
  • परीक्षाको पूर्णाङ्क १०० हुनेछ र छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ।
  • तुलसीपुर उपमहानगरपालिका नगरबासीका लागि अतिरिक्त २ अंक स्वत: प्राप्त हुनेछ ।
  • उत्तीर्ण हुनु भनेको छात्रवृत्ति प्राप्त गर्नु होइन, योग्यताक्रमबमोजिम छात्रवृत्तिमा मनोनयन गरिनेछ।
  • गलत उत्तरका लागि नेगेटिभ मार्किङ (negative marking) गरिने छैन।
  • परीक्षाको समयावधि एक घण्टाको हुनेछ ।
३.अनलाइन आवेदन फाराम पेस गर्ने विधि तथा निर्देशनहरू :
  • अनलाइन फाराम यस नगरको वेबसाइट www.tulsipurmun.gov.np वा https://scholarship.tulsipurmun.gov.np/ मा उपलब्ध हुनेछ । सो आवेदन फाराम तोकिएको समयावधिभित्र अनलाइन माध्यमबाट मात्र पेस गर्न सकिनेछ।
  • अनलाइन फाराम भर्दाका बखत नै आफूले अध्ययन गर्न चाहेको विषयअनुसार विद्यालयको प्राथमिकताक्रम निर्धारण गर्नुपर्नेछ । सोही बमोजिम योग्यताक्रम प्रकाशित हुनेछ । फाराम भर्दाका बखत नै सबै विद्यालयको प्राथमिकताक्रम छनोट गरेको हुनुपर्नेछ । छनोट गरेको विद्यालयमा मात्र पछि मनोनयन गरिने भएकाले अध्ययन गर्न चाहेको सबै विद्यालयहरु छनोट गर्नुपर्नेछ ।
  • अनलाइन फाराम भर्नका लागि https://scholarship.tulsipurmun.gov.np/ मा गई SEE परीक्षाको विवरण (सिम्बोल नं अल्फाबेटसहित, जन्ममिति र प्राप्त जिपिए) भर्नुपर्नेछ । I have read all the points mentioned above. I am eligible for the application. ("मैले माथि उल्लेखित सबै बुँदाहरू पढेको छु। म आवेदनका लागि योग्य छु।") मा टिक लगाएर Apply Scholarship मा क्लिक गरी अघि बढ्ने । पहिलो पटक भर्दा पासवर्ड भन्ने स्थानमा केही भर्नुपर्दैन । (Geo Location On नभएको अवस्थामा फाराम भर्न नसकिने भएकाले आफ्नो डिभाइसमा Location on गरेर मात्र फाराम भर्न सकिनेछ ।)
  • त्यसपश्चात व्यक्तिगत विवरणमा पूरा नाम, थर भर्ने, सही इमेल आइडी र मोबाइल नं, हालसालै खिचेको फोटो, बुबा, आमा, हजुरबुबाको नाम, स्थायी/अस्थायी ठेगाना, जन्मदर्ता वा नागरिकताको विवरण भरी Next मा क्लिक गर्ने । (इमेल र मोबाइल नं सही राख्नुहोला अन्यथा अन्यत्र म्यासेज गई सूचनाको पहुँचमा समस्या सिर्जना हुनेछ)
  • अब शैक्षिक विवरण भर्ने स्थानमा कक्षा १० मा पढेको विद्यालयको विवरण, विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिस पत्र अपलोड गर्ने, आवेदन दिने विषय छनोट गर्ने।(एउटा विषय मात्र छनोट गर्न मिल्नेछ)
  • अब उक्त विषय अध्यापन हुने विद्यालयको विवरण आउँछ । अध्ययन गर्न चाहेको सबै विद्यालयहरु प्राथमिकता अनुसार छनोट गर्नुपर्नेछ । कुनै स्कुल १ नं मा छनोट गर्नुभयो भने त्यो तपाईंको प्राथमिकताक्रम १ नं भन्ने बुझिन्छ । विद्यार्थीले छनोट गरेको प्राथमिकता अनुसार नै छात्रवृत्तिका लागि विद्यालय पठाइने भएकाले होसियारीपूर्वक विद्यालयहरुको प्राथमिकता मिलाउनुपर्नेछ ।
  • यसपश्चात अघि बढ्ने वा नबढ्ने भनी रोज्ने अप्सन आउनेछ।अगाडि बढ्ने हो भने No गरेर अघि बढ्ने ।यदि अझै विद्यालयहरु थप गर्ने हो भने Yes क्लिक गरी विद्यालयहरु थप गरेर पुन: No गरी अघि बढ्ने।
  • अब आरक्षणको विवरण भर्ने स्थानमा पुगिनेछ।विद्यार्थीले आरक्षण पाउने वा नपाउने यकिन गरी छनौट गर्नु पर्नेछ।
  • यसपश्चात Preview Application भन्ने देखिन्छ।सो क्लिक गर्नुपर्नेछ । त्यसपश्चात भरेको सबै विवरण देखाउनेछ। यदि भरेका सबै विवरण ठिक छ भने मैले माथि भरेका विवरणहरु ठिक साँचो छन् । झुठो ठहरिएमा कानूनबमोजिम सहुँला बुझाउँला भन्ने बटनमा क्लिक गरी देखिएको क्याप्चा टाइप गरी Submit बटनमा थिच्नुपर्नेछ । यदि भरेका विवरण सच्याउनु परेमा Edit Form मा क्लिक गरी विवरण सच्याई पुन: विवरण भरी अघि पुन: Submit बटनमा थिची अघि बढ्नुपर्नेछ।
  • Submit बटनमा थिचेपश्चात उक्त फाराम डाउनलोड गर्न र प्रिन्ट गर्न सकिनेछ । कक्षा ११ को छात्रवृत्तिका लागि तपाई... ले भरेको आवेदन फाराम प्राप्त भयो। सो फाराम विज्ञले रुजु गरेपछि स्वीकृत हुने/नहुने जानकारी पठाइने भएकाले तपाईंको इमेल तथा मोबाइल नं मा गरिएको म्यासेज हेरी सोही अनुसार गर्नु होला । भन्ने म्यासेज देखिनेछ। यति भएपश्चात विद्यार्थीको फाराम भर्ने कार्य सम्पन्न भयो भन्ने बुझ्नुपर्दछ ।
  • Submit भएको फाराम Admit Card नभई Online Form भरेको प्रमाण मात्र हो यसका आधारमा मात्र छात्रवृत्ति परीक्षामा सहभागी हुन पाइने छैन।
  • फाराम अनलाइन पेस (form submit) भएपश्चात् पनि इमेल र मोबाइल नं मा प्राप्त username (युजर नेम) र Password (पासवर्ड) राखी विवरण सच्याउन सकिनेछ ।
  • उपमहानगरपालिकाबाट confirmation हुनु अघि विवरण सच्याउन वा थप गर्न वा कागजात राखी इमेलमार्फत् अनुरोध गरेमा मात्र फाराम सच्याउन वा विवरण थप गर्न सकिने छ ।
  • तर उपमहानगरपालिकाबाट फाराम confirmation भएपश्चात् कुनै पनि विवरण सच्याउन सकिने छैन।
  • फोटो तथा अन्य आवश्यक डकुमेन्ट मोबाइलले फोटो खिचेरसमेत अपलोड गर्न सकिने छ ।
  • नगरबाट फाराम रुजु यकिन भएपश्चात् विवरण मिलेमा मात्र Final confirmation पठाइनेछ ।
  • पेस गरेका विवरणहरु झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि त्यस्ता विद्यार्थीको छात्रवृत्ति सुविधासमेत रद्द गरिनेछ ।
४. न्यूनतम योग्यता :
  • शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सहभागी भई ग्रेडेड भएका
५. छात्रवृत्ति परीक्षा सञ्चालनका लागि कुल विद्यार्थी सङ्ख्याको आधारमा दश प्रतिशत छात्रवृत्ति सिट आरक्षित गरिनेछ।सो दश प्रतिशत सिटलाई सत प्रतिशत मानी देहायको प्रतिशतका आधारमा छात्रवृत्ति सिट वितरण गरिनेछः
  • जेहेन्दार : ३७(सैतिस) प्रतिशत
  • विपन्न: ३६(छत्तिस) प्रतिशत
  • आदिवासी जनजाति : १०(दश) प्रतिशत
  • दलित :५ (पाँच) प्रतिशत
  • अपाङ्गता भएका विद्यार्थीका लागि :३(तीन) प्रतिशत
  • जनआन्दोलन घाइते/सहिद परिवार/बेपत्ता परिवार सन्तती/मधेश आन्दोलनका घाइतेका सन्तती: ९ (नौ) प्रतिशत
६.अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजातहरु:
  • पासपोर्ट साईजको फोटो
  • नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र
  • SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा छात्रवृत्तिका लागि विद्यालयको सिफारिस पत्र
  • विपन्नताको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
  • समावेशी समूह अन्तर्गत आदिवासी जनजाति/थारु, दलित, मधेशी, मुस्लिम, अल्पसङ्ख्यकको हकमा सम्बन्धित आयोग वा प्रतिष्ठानबाट प्राप्त भएको प्रमाणपत्र वा इलाका/जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको सिफारिसपत्र,
  • सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट प्रदान भएको पत्र,
  • अपाङ्गता भएका व्यक्तिले स्थायी बसोबास भएको सम्बन्धित स्थानीय तहबाट जारी भएको अपाङ्गताको परिचयपत्र,
  • तुलसीपुर उपमहानगरपालिका नगरपालिकाको स्थायी बासिन्दाको हकमा नागरिकता वा जन्मदर्ता वा बसाइँसराइँ पत्रसहित वडाको सिफारिस पत्र,
  • Online आवेदन फाराममा पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरु अनिवार्य समावेश गर्नुपर्नेछ । आवश्यक शैक्षिक प्रमाणपत्रहरु, सम्बन्धित वर्ग खुलेको कागजातहरु समावेश नगर्ने र नक्कली कागजात पेश गर्ने परीक्षार्थीहरुको आवेदन फाराम स्वतः रद्ध हुनेछ। झुठो वा नक्कली कागजात राखी तथा नपाउने कोटामा आवेदन गरी परीक्षा दिई मनोनयन भएको भएसमेत जुनसुकै बखत निजको छात्रवृत्ति रद्ध गरी प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।
७. प्रवेशपत्र सम्बन्धी व्यवस्था :
  • मिति २०८३।०२।२९ गतेदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (Print Admit card button) मा क्लिक (Click) गरी त्यहाँ माग गरिएको विवरणहरु भरी परीक्षार्थी स्वयमले प्रवेशपत्र प्रिन्ट गर्नुपर्नेछ । परीक्षा केन्द्रसम्बन्धी जानकारी प्रवेशपत्रमा उल्लेख हुनेछ ।
८. छात्रवृत्ति परीक्षा सञ्चालन सम्बन्धी व्यवस्था :
  • परीक्षा केन्द्र तुलसीपुर उपमहानगरपालिकाले सूचना प्रकाशित गरी तोकेबमोजिम हुनेछ ।
  • छात्रवृत्ति परीक्षा दिन आउँदा प्रवेशपत्र अनिवार्य रुपमा ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न पाइने छैन। केन्द्राध्यक्ष वा निरीक्षकले माग गरेमा देखाउनु पर्नेछ ।
  • प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षार्थीहरू परीक्षा सुरु हुनुभन्दा कम्तीमा एकघण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने छ। परीक्षा शुरु हुनु १५ मिनेट अघि सूचनाबाट जानकारी गराइएपश्चात परीक्षा हलमा प्रवेश गर्न पाइनेछ ।
  • केन्द्राध्यक्षले दिएको निर्देशनको पालना गरी तोकेको निर्दिष्ट स्थानमा बसी परीक्षा दिनुपर्नेछ । केन्द्राध्यक्ष वा निजले तोकेको व्यक्ति वा निरीक्षण टोलीले जुनसुकै बेला पनि खानतलासी गर्न सक्नेछ।
  • केन्द्राध्यक्षको अनुमतिबिना आफ्नो स्थान वा परीक्षा भवन छोडी बाहिर जान पाइने छैन । पालिकाबाट सूचनाद्वारा जानकारी गराएकोबाहेक परीक्षा सर्ने छैन ।
  • परीक्षार्थीहरूले किताब, नोटबुक, गाइड, कापी, कागज, चिट, क्यालकुलेटर, मोबाइल फोन, ब्लूटुथ, आइप्याड, ट्याबलेट, हातहतियार, अवैध पदार्थ वा अरु निषेध गरिएका कुनै पनि वस्तु लगायत कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी (स्मार्ट वाच) समेत परीक्षा केन्द्रमा लैजान पाइने छैन।
  • छात्रवृत्ति परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन। परीक्षामा सहभागी हुँदा अनिवार्य रुपमा हाजिर गर्नु पर्नेछ ।
  • सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन।
  • परीक्षार्थी निर्धारित समय एक घण्टा समाप्त भएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाइनेछ।
  • नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिने प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ ।
  • विद्यार्थीले आपसमा कुराकानी र सङ्केत समेत गर्नु हुँदैन। एउटा परीक्षार्थीले कुनै अर्को परीक्षार्थीको उत्तर पुस्तिकाबाट नक्कल गरेको पाइएमा नक्कल गर्ने र गर्न दिने दुबै परीक्षार्थीलाई निष्काशन गरिने छ।
  • परीक्षा हलमा परीक्षाको मर्यादा विपरीत कुनै काम गरेमा, अनियमित काम गरेमा, एक परीक्षार्थीको सट्टा अर्को परीक्षार्थी भई परीक्षा दिएमा, निरीक्षकलाई उत्तरपुस्तिका नबुझाई आफैं लगेमा वा च्यातेमा त्यस्ता परीक्षार्थीलाई केन्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून बमोजिमको कारबाही गरिनेछ र त्यसरी निष्काशन गरिएकोमा परीक्षा स्वतः रद्द हुनेछ।
  • परीक्षार्थीले एकपटक आफ्नो उत्तरपुस्तिका बुझाई परीक्षा कोठाबाहिर गइसकेपछि निजलाई पुनः परीक्षा कोठाभित्र बसाली परीक्षा दिलाइने छैन ।
  • बिरामी भएको विद्यार्थीले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा उपमहानगरपालिका जवाफदेही हुने छैन।
  • मूल उत्तरपुस्तिकामा तोकिएको स्थानबाहेक अन्य कुनै पनि स्थानमा लेख्न पाइने छैन । अन्य कुनै पनि प्रकारको सङ्केत गरेको पाइएमा परीक्षा स्वतः रद्द हुनेछ र परीक्षाफल प्रकाशित हुने छैन ।
९. नतिजा प्रकाशन तथा भर्ना प्रक्रिया :
  • परीक्षापश्चात उत्तरपुस्तिका परीक्षण गरी,रुजु गरी योग्यताक्रम प्रकाशन गरिनेछ ।
  • अन्तिम नामावली प्रकाशन गरी छात्रवृत्ति परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्दाको समयमा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रम अनुसार विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।
  • विषयगत रुपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ ।
  • पूर्व मनोनयनमा आफुले अध्ययन गर्न चाहेको विषय तथा कलेजमा मनोनयन भएको आधारमा ३ दिन भित्र भर्ना भइसक्नुपर्नेछ । तोकिएको मिति भित्र भर्ना नभई रिक्त रहेको सिटमा भर्ना नभएका विद्यार्थीहरूविच उनीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिने छ । यस सूचीमासमेत रोजाई अनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा Wrap up कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिनेछ ।
  • पुनश्च: छात्रवृत्तिको नतिजा प्रकाशन भए पश्चातमात्र भर्ना हुन विद्यार्थीहरूमा अनुरोध गरिन्छ । साथै छात्रवृत्तिको नतिजा प्रकाशन हुनु अगाडि नै कुनै विद्यालयमा विद्यार्थी भर्ना भइसकेको अवस्थामा यस नगरको छात्रवृत्ति पाएकै कारण उक्त विद्यालयमा भर्नाका बखत बुझाएको शुल्क फिर्ता गर्न विद्यालय बाध्य हुने छैन । साथै अन्य विद्यालयमा छात्रवृत्ति प्राप्तिका लागि यस नगरपालिकाबाट सहजीकरण गरिने छैन ।
१०. छात्रवृत्ति छनोटसम्बन्धी सीट वितरण, आवेदनसाथ पेश गर्नुपर्ने कागजात, प्रवेशपत्रसम्बन्धी व्यवस्था, नतिजा प्रकाशन तथा भर्नासम्बन्धी व्यवस्था तुलसीपुर उप-महानगरपालिकाको सूचना बमोजिम हुनेछ । विस्तृत सूचनाका लागि यहाँ Click गर्नुहोस् ।

Online Application For Scholarship Merit(Grade 11-12)

SEE Result Published Date: २०८३/०१/२८
1

{{'PERSONAL_INFO' | translate}}

2

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

2

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'ACADEMIC_INFO' | translate}}

3

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'ACADEMIC_INFO' | translate}}

{{'RESERVATION_INFO' | translate}}

{{'PERSONAL_INFO' | translate}}

{{'CANDIDATES_NAME' | translate}}
i
मोबाइल नं र इमेलमा ID र पासवर्ड जाने भएकाले सहि विवरण इन्ट्रि गर्नुहोला अन्यथा शिक्षा विभाग जिम्मेवार नहुने व्यहोरा अनुरोध छ । कृपया नेपाल टेलिकम (NTC) को मोबाइल नम्बर मात्र प्रयोग गर्नुहोला ।
Remove Current Logo
Remove Signature
{{'F_NAME' | translate}} *
{{'M_NAME' | translate}} *
{{'GF_NAME' | translate}} *
{{'PER_ADDRESS' | translate}} *
{{'TEMP_ADDRESS' | translate}} *
{{'BCC' | translate}} *
{{'UPLOAD_BC' | translate}} *

{{'ACADEMIC_INFO' | translate}}

{{'SCHOOL_DETAILS' | translate}}*
विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र अपलोड गर्नुहोस् । (यो अनुसूची १ वा २ फाराम होइन) *
{{'APPLIED_SUBJECT' | translate}} *
{{'PRIORITYWISE_' | translate}}*
{{'SNO' | translate}} {{'APPLIED_SCHOOL' | translate}}
{{$index+1}}

{{'RESERVATION_INFO' | translate}}


शिक्षा विकास तथा समन्वय इकाई {{newScholarship.SchoolDistrictName}} वा {{newScholarship.SchoolLocalLevelName}} बाट सामुदायिक विद्यालय प्रमाणित प्रमाणपत्र (अनुसूची - १) अपलोड गर्नुहोस् ।
सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा कार्यालयबाट जारी भएको जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तह अन्तर्गत स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोस् ।
{{'GROUPWISE_CERTI' | translate}}
{{'RESERVATION_GROUP' | translate}}: {{ G.ReservationGroupName }}

Preview Your Form

{{profileDet.DisplayName}}

{{profileDet.DepartmentAddress}}

{{profileDet.DisplayAddress}}

छात्रवृत्ति छनोट परीक्षा, २०८३

{{'PERSONAL_INFO' | translate}}

{{'CANDIDATES_NAME' | translate}}
{{newScholarship.FirstName}}
{{newScholarship.MiddleName}}
{{newScholarship.LastName}}
{{ newScholarship.Gender === 1 ? "Male" : newScholarship.Gender === 2 ? "Female" : "Other" }}
{{newScholarship.DOBDet.dateBS}}
{{newScholarship.DOB_TMP |dateFormat}}
{{newScholarship.SEESymbolNo}} {{newScholarship.Alphabet}}
{{newScholarship.GPA}}
{{newScholarship.Email}}
{{newScholarship.MobileNo}}
{{'F_NAME' | translate}} *
{{newScholarship.F_FirstName}}
{{newScholarship.F_MiddleName}}
{{newScholarship.F_LastName}}
{{'M_NAME' | translate}} *
{{newScholarship.M_FirstName}}
{{newScholarship.M_MiddleName}}
{{newScholarship.M_LastName}}
{{'GF_NAME' | translate}} *
{{newScholarship.GF_FirstName}}
{{newScholarship.GF_MiddleName}}
{{newScholarship.GF_LastName}}
{{'PER_ADDRESS' | translate}} *
{{newScholarship.P_ProvinceName}}
{{newScholarship.P_DistrictName}}
{{newScholarship.P_LocalLevelName}}
{{newScholarship.P_WardNo}}
{{newScholarship.P_ToleStreet}}
{{'TEMP_ADDRESS' | translate}} *
{{newScholarship.Temp_ProvinceName}}
{{newScholarship.Temp_DistrictName}}
{{newScholarship.Temp_LocalLevelName}}
{{newScholarship.Temp_WardNo}}
{{newScholarship.Temp_ToleStreet}}
{{'BCC' | translate}} *
{{ newScholarship.BC_CertificateTypeId === 1 ? "Citizenship Certificate" : "Birth Certificate" }}
{{newScholarship.BC_CertificateNo}}
{{(newScholarship.BC_IssuedDateDet ? newScholarship.BC_IssuedDateDet.dateBS : (newScholarship.BC_IssuedDate_TMP |dateFormat) )}}
{{newScholarship.BC_IssuedDistrictName}}
{{newScholarship.BC_IssuedLocalLevelName}}
{{'UPLOAD_BC' | translate}} *
{{ newScholarship.BC_DocumentNameId === 1 ? "Citizenship Certificate" : "Birth Certificate" }}


{{'ACADEMIC_INFO' | translate}}

{{newScholarship.SEESymbolNo}} {{newScholarship.Alphabet}}
{{newScholarship.GPA}}
{{newScholarship.EquivalentBoardName}}
{{'SCHOOL_DETAILS' | translate}}*
{{newScholarship.SchoolName}}
{{ newScholarship.SchoolTypeId === 1 ? " Community (Government)" : "Private (Institutional)" }}
{{newScholarship.SchoolDistrictName}}
{{newScholarship.SchoolLocalLevelName}}
{{newScholarship.SchoolWardNo}}
विद्यालयले जारी गरेको चारित्रिक वा स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र अपलोड गर्नुहोस् । (यो अनुसूची १ वा २ फाराम होइन) *
{{(newScholarship.Certi_IssuedDateDet ? newScholarship.Certi_IssuedDateDet.dateBS : (newScholarship.Certi_IssuedDate_TMP |dateFormat)) }}
{{'APPLIED_SUBJECT' | translate}} *
{{newScholarship.AppliedSubjectName }} {{ newScholarship.SubjectCategory}}
{{newScholarship.SubjectCategory}}
{{'PRIORITYWISE_' | translate}}*
{{'SNO' | translate}} {{'APPLIED_SCHOOL' | translate}}
{{$index+1}}

{{'RESERVATION_INFO' | translate}}


{{newScholarship.ScholarshipTypeName}}
{{newScholarship.ScholarshipTypeName}}
शिक्षा विकास तथा समन्वय इकाई {{newScholarship.SchoolDistrictName}} वा {{newScholarship.SchoolLocalLevelName}} बाट सामुदायिक विद्यालय प्रमाणित प्रमाणपत्र (अनुसूची - १) अपलोड गर्नुहोस् ।
{{(newScholarship.GovSchoolCerti_IssuedDateDet ? newScholarship.GovSchoolCerti_IssuedDateDet.dateBS : (newScholarship.GovSchoolCerti_IssuedDate_TMP |dateFormat)) }}
{{newScholarship.GovSchoolCerti_RefNo}}
सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा कार्यालयबाट जारी भएको जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तह अन्तर्गत स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोस् ।
{{newScholarship.Mig_WardId}}
{{(newScholarship.MigDoc_IssuedDateDet ? newScholarship.MigDoc_IssuedDateDet.dateBS : (newScholarship.MigDoc_IssuedDate_TMP |dateFormat))}}
{{newScholarship.MigDoc_RefNo}}
{{'GROUPWISE_CERTI' | translate}}
{{newScholarship.ReservationGroupName}}
{{'RESERVATION_GROUP' | translate}}: {{ G.ReservationGroupName }}
{{G.ConcernedAuthorityName}}
{{G.GrpCerti_IssuedDistrictName}}
{{G.GrpCerti_IssuedLocalLevelName}}
{{(G.GroupWiseCerti_IssuedDateDet ? G.GroupWiseCerti_IssuedDateDet.dateBS ? (G.GroupWiseCerti_IssuedDate_TMP |dateFormat)) }}
{{G.GroupWiseCerti_RefNo}}